www.tandavnews.com
Fact ~ In search of truth

युनाईटेड क्लबद्धारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

युनाईटेड क्लब पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर व्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड क्लबले डष्टविन प्रदान गरेकोमा धन्यवाद व्यक्त गरिन् । मन्त्री गुरुङले युनाईटेड क्लब जस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्ने क्लवहरुले समेत सरकारी अस्पतालहरुमा आवश्यक परेका सामाग्रीहरु सहयोग गरेको खण्डमा पक्कैपनि सरकारी क्षेत्रहरुमा सुधार हुने बताइन् ।

Batas

त्यस्तै युनाईटेड क्लबले प्रदेश सरकारसंग समन्वय गरेर युवा स्वरोजगारका लागि विभिन्न तालिमहरुसमेत आयोजना गर्नसमेत मन्त्रीको आग्रह रहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघीय सरकार अन्तर्गत रहेतापनि आफुहरुले प्रदेश सरकारकै मूख्य अस्पतालको रुपमा लिएर अगाडि बढेको बताउँदै मन्त्री गुरुङले प्रतिष्ठानमा आवश्यक पूर्वाधारसंगै सरसफाइको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाइन् ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर डुकबहादुर क्षेत्रीले पोखरामा रहेर सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लबद्धारा सरकारी संस्थालाई अपनत्व वहन गरी सहयोग गरेको सामाग्रीको सदूपयोग हुने बताए । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास निर्माणका काम जारी रहेकाले पूर्णरुपमा सफा रहन नसकेको भएतापनि सरसफाइलाई तीव्रता दिएको बताए ।

डक्टर क्षेत्रीले सरकारी अस्पतालहरुमा उपकरणहरुमा बजेट विनियोजन हुने भएतापनि उपकरणको मर्मतसम्भार र सरसफाइका लागि पर्याप्त बजेट नहुने भएकाले पनि विभिन्न निकायहरुको सहयोगमा सरसफाइका सामाग्रीहरु आफूहरुले प्रयोग गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरतबहादुर खत्रीले युनाईटेड क्लबले डस्टविन सहयोग गरेकोमा आफूहरुको योजना अनुरुप अस्पतालको गेटबाटै डस्टविन राख्ने कामको थालनी गरिने बताउँदै सहयोगी संस्था युनाईटेड क्लबप्रति आभार प्रकट गरे । सरकारी अस्पताल हामी सबैको अपनत्व रहने भएकाले सबैले मिलेर सहकार्य गरेर आफूहरु अस्पताल सरसफाईको अभियानमा रहेको र अस्पताललाई सफा गर्नेमा कुनै कसर बांकी नराख्ने बताए ।

पोखरा महानगरले अस्पतालबाट निस्कने फोहोरको प्यटर्न चेन्ज गरेको भएतापनि युनाईटेड क्लबले प्रदान गरेको डस्टविनलाई मिलाएर प्रयोग गर्ने उनको भनाइ रहेको थियो । युनाईटेड क्लबको अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यत्रममा क्लबमा प्रथम उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

युनाईटेड क्लबको आयोजनामा आगामी पुसको २८ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सवको आयोजना हुँदैछ ।

 – प्रशिक्षार्थी विद्यार्थी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.