www.tandavnews.com
Fact ~ In search of truth

हरि कँडेलको ‘आखिर दुखी परेँ’ बजारमा

पोखरा, ताण्डव न्यूज

‘आखिर दुखी परेँ’ बोलको लोक दोहोरी गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गीतमा सर्जक दिपक अधिकारीको शब्द सिर्जना, प्रवेश पौडेलको लय संकलन, पार्वती जिसी र सुरज आचार्यको आवाज समावेश छ । गीतमा तारानाथ आचार्यको एरेन्ज छ ।

गीतबारे जानकारी दिँदै गीतकार दिपक अधिकारीले भिडियो उत्कृष्ठ बनेको र यसमा हरि कँडेल र केशव कँडेलको महत्वपूर्ण भूमिका रहेको बताए । विदेशी भूमिमा रहँदै आएका लोकगीत प्रेमी हरि कँडेलको पहिलो प्रस्तुतिको रुपमा रहेको उक्त भिडियोको निर्देशन पत्रकार एवं लोक गायक सन्तोष सुवेदीले गरेका हुन् ।

Batas

भिडियोमा हरि कँडेल, सरिता दानकुटी, केशव कँडेल, सुमन बसौलालगायतको अभिनय रहेको छ । भिडियो डिजिटल स्टार युट्युब च्यानलमार्फत बजारमा आएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.