www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः आज २३ जना संक्रमित, १ को मृत्यु

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१८ जनामा गरिएको नमुना परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

निर्देशनालयका अनुसार आज गण्डकीका ५ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्की १७, नवलपुर पूर्व १, स्याङ्जा २ बागलुङ २ र म्याग्दी १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ३६३ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८ जना कोरोनामुक्त भएका छन् । त्यस्तै १११ जना होम आइसोलेसनमा छन् । यसैगरी गण्डकी प्रदेशभर १२६ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकीमा आज १ जनाको संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ र योसँगै गण्डकीमा मृत्यु हुनेको संख्या १,४२६ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.