www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा उच्च अंकको वृद्धि, २० कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौँ

धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आज उच्च अंकले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अंकको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अंकले बढेर दुई हजार ५९१.४२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३८ अंकले बढेर ४८२.७४ मा पुगेको छ । कूल २३१ कम्पनीको ८६ लाख एक हजार ९५६ कित्ता शेयर रु पाँच अर्ब १७ करोड ३२ लाख ५०३ मूल्यमा खरिद बिक्री भए ।

Batas

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै, ११ उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् ३.४६ र वित्त २४.२ अंकले ओरालो लागेको छ । यस्तै, बैंकिङ २०.४५, व्यापार २१.३३, होटल तथा पर्यटन ४८.४७, विकास बैंक ५१.५८, निर्जीवन बीमा ९०७.१, उत्पादन ३५५.३४, अन्य ५०.४३, १७२.६६, जीवन बीमा १, सामूहिक लगानी कोष ०.११ र लगानी २.३८ अंकले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३२ करोड सात लाख ४९ हजार ७३६ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु २६ करोड ६६ लाख ५२ हजार ६८५, नेपाल लाइफ इन्स्योरेन्स रु १९ करोड सात लाख ५१ हजार, शिवम् सिमेन्ट रु १५ करोड ५२ लाख सात हजार ३३९ र नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ३३ लाख २९ हजार ५३३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

२० कम्पनीको शेयरमा सर्किट

लामो समयपछि विभिन्न २० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेकाअनुसार नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सलगायत विभिन्न २० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ ।

त्यस्तै, गुर्खाज फाइनान्स ५.५७, सनराइज फस्ट म्युचुअल फण्ड ३.११, माउण्टेन इनर्जी ३.११, ग्रीन हाइड्रोपावर २.९६ र विशाल बजार कम्पनीका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५५ अर्ब ३१ करोड ८४ लाख १५५ बराबर पुगेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.