www.tandavnews.com
Fact ~ In search of truth

कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा

नयाँ दिल्ली, एएनआई

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमबारबाट पुनः रात्रिकालीन निषेधाज्ञा ‘कर्फ्यु’ लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

Batas

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १०० भन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएका बताइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.