www.tandavnews.com
Fact ~ In search of truth

नरप्रसादलाई शीतल ज्योतिको नेतृत्व

समाज रुपान्तरणमा लाग्नेछौः अध्यक्ष गुरुङ

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज

शीतल ज्योति युवा क्लबको नेतृत्वमा नरप्रसाद गुरूङ चयन भएका छन् ।

पोखरा महानगरपालिका १२ मा सक्रिय रहँदै आएको क्लबको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नरप्रसाद गुरूङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । गुरुङ नेतृत्वमा बनेको कार्यसमितिको प्रथम उपाध्यक्षमा राजकुमार गुरूङ र द्वित्तीय उपाध्यक्षमा मीनप्रसाद गुरूङ चयन भएका छन् ।

Batas

यसैगरि सचिवमा पूर्णबहादुर गुरुङ तथा सह–सचिवमा विमला गुरुङ चुनिएका छन् । भने कोषाध्यक्षमा सुभाष गुरूङ र सह–कोषाध्यक्षमा नविन गुरूङ सर्वसम्मत चयन भएका हुन् । सो कार्यसमितिको सदस्यहरुमा रामप्रसाद गुरूङ, जुमबहादुर गुरूङ, शशि मल्ल, पूर्ण कुमारी गुरूङ, पुनित गुरूङ, चेतमान गुरूङ रहेका छन् ।

यसैगरि निरज गुरूङ, पंचबहादुर गुरूङ, सुनिल गुरूङ, सुनिल श्रीस, पूर्णप्रसाद गुरूङ, गणेश गुरूङ, दिपेन्द्र श्रेष्ठ, दुर्गा गुरूङ, आशिष गुरूङ, पूर्णबहादुर गुरूङ उक्त कार्यसमितिको सदस्यम मनोनित भएका छन् ।

समाज रुपान्तरणमा लाग्नेछौः अध्यक्ष गुरुङ

नवनिर्वाचित क्लब अध्यक्ष गुरुङले समाज रुपान्तरणका लागि आफ्नो टिम अगाडि बढ्ने बताए । उनले युवाहरुलाई सक्रिय बनाउनका लागि सोही अनुरुपका कार्यक्रमहरु आयोजना गर्ने बताए । ‘हाम्रो क्लबले विगतमा पनि समाजको परिवर्तनका लागि कामहरु गर्दै आएका थियो, उनले भने, अब मेरो नेतृत्वको टिमले पनि खेलकुदको विकास र युवाहरुलाई सही बाटोमा लाग्नका लागि अभिप्रेरित गर्नेछ र युवाको सहभागिता बढाउने गरी अगाडि बढ्ने योजनामा छु ।’

अध्यक्ष गुरुङले जनचेतनामुलक कार्यक्रम र खेलकुदको गतिविधिको क्षेत्रमा काम गर्ने बताए । ‘राष्ट्र निर्माणको बलियो जनशक्ति भनेकै युवाहरु नै हो । उनीहरुलाई कसरी हुन्छ । बाटो बाहिर जान नदिन मेरो पहल हुनेछ, अध्यक्ष गुरुङले भने, ‘खेलकुद तथा सामाजिक कार्यमा लाग्दै मेरो टिमले सामाजिक उत्तरदायित्व बहन गर्नेछ ।’

उनले कोभिडका कारण रोकिएको फुटबल प्रतियोगिताको तयारी गर्ने समेत बताएका थिए । उक्त क्लबको नेतृत्वमा गुरुङ आएपछि शीतल ज्योति क्लबको परिचयको दायरा फराकिलो बन्ने अपेक्षा गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.