www.tandavnews.com
Fact ~ In search of truth

छोम्रोङमा जारी मेलामा बास्केटबल सुरु, आयोजकको विजयी सुरुवात

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज

कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ छोम्रोङमा जारी २० औं संकरणको ल्होसार सेन्चुरी मेलामा आज (सोमबार) देखि बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

तमु समुदायको पर्व ल्होसारको अवसरमा आयोजित सेन्चुरी मेलामा बास्केटबल र भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार बास्केटबलतर्फ ५ खेल सम्पन्न भएका छन् । पहिलो खेलबाट आयोजक टिम ‘ए’ ले विजयी सुरुवात गरेको छ । सेन्चुरी भेट्रान्सलाई आयोजक टिम ‘ए’ ले ५०-२४ ले पराजित गर्याे । यसैगरी दोस्रो खेलमा याङजाकोटले आयोजक टोली ‘बी’ लाई ३४-१३ ले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्याे ।

Batas

तेस्रो खेलमा सेन्चुरी भेट्रान्सलाई ग्यागोथरले ५६-३१ ले पराजित गर्याे । यसैगरी चौथो खेलमा आयोजक टोली ‘बी’ लाई ७९–१६ को फराकिलो स्कोरसहित पराजित गर्दै दोस्रो चरणका लागि स्थान बनायो ।

यसैगरी भलिबलतर्फ याङ्जाकोटले आयोजक टोली ‘बी’ लाई २५-१९, २५-२१ को सोझो सेटमा पराजित गर्याे । यसैगरी दोस्रो खेलमा माछापुच्छ्रे युवा क्लबले आयोजक टिम ‘सी’ लाई २९-३१, २५-१२, २५-१२ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गर्याे ।

मेलाको तेस्रो दिन मंगलबार पनि भलिबल तथा बास्केटबलका बाँकी खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भलिबल प्रतियोगिताका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम सहभागी छन् । दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.