www.tandavnews.com
Fact ~ In search of truth

तानसेन-तम्घास सडक दैनिक छ घण्टा बन्द

पाल्पा ।

पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ ।

हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक छ घण्टाका दरले १० दिनसम्म सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।

Batas

पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालले बताए । पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो ।

(रासस)
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.