www.tandavnews.com
Fact ~ In search of truth

चीनमा कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै

बेइजिङ ।

चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै सङ्क्रमण भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

ती सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ । तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए ।त्यस्तै १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो ।चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ सङ्क्रमित भेटिने क्रम बढ्दै गएको छ ।

Batas

यहाँका स्थानीय नागरिकहरुमा नै सङ्क्रमण बढेको पाइएकाले चीन पनि पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

रासस/सिन्हवा

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.