www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ५ दिनदेखि नीरमाया नेपाली सम्पर्कविहीन

उनी १० गते चर्च जान्छु भनेर घरबाट निस्किएकी थिइन्

दमौली

तनहुँको म्याग्दे गाउँपालिका– ४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन छन् । यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छन् । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिए । नीरमायाको मोबाइलसमेत अफ रहेको उनले बताए ।

Batas

सम्पर्कविहीन भएपछि उनको खोजबिनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए ।

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.