www.tandavnews.com
Fact ~ In search of truth

‘लाउरे’ ब्राउन सुगरसहित पोखरामा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

चर्चित र्‍यापर अशिष राना उर्फ लाउरे लागुऔषधसहित पक्राउ परेका छन् । र्‍यापर लाउरे गएराति करिब १२ बजेको समयमा पोखराको जाल्पा रोडस्थित एक कोठाबाट ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

उनिसँगै एक युवति पनि पक्राउ परकी छन् । उनिहरुको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरी स्रोतले बतायो ।

Batas

लाउरे रियालीटि शो हिमालय रोडिजका निर्णायक मध्यका हुन् ।

उनि अहिले कास्की प्रहरी हिरासतमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी रमेश थापाले ताण्डव न्यूजलाई बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.