www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ कारागारमा महिला बन्दीगृह

दमौली

तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृह सञ्चालन अन्तिम चरणमा पुगेको छ । महिला कैदीबन्दीलाई राख्न कारागार परिसरमै महिला बन्दीगृह सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको छ । जिल्लामै महिला बन्दीगृह बनेपछि महिलालाई राख्न सहज हुने कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

Batas

कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालनमा ल्याइने अधिकारीले बताए । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो । गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुगपछि चालु आवमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

एन्जल कन्स्ट्रक्शनले महिला बन्दीगृह निर्माणको जिम्मा पाएको छ । २० जना क्षमताको महिला बन्दीगृह माघदेखि सञ्चालनमा ल्याउने तयारी छ । निर्माणको म्याद पुस मसान्तसम्म रहे पनि यही पुस २० गतेभित्र काम सकेर आगामी माघ १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ ।

‘महिला बन्दीगृह नहुँदा कैद सजाय भुक्तानका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ, बन्दीगृह सञ्चालनमा आएपछि सहज हुन्छ’, उनले भने । कारागारको सवारी साधन नहुँदा महिला बन्दीगृहलाई अदालतबाट अन्यत्र जिल्ला लैजान पनि समस्या हुँदै आइरहेको छ । तनहुँ जिल्ला कारागारमा हाल २५८ कैदीबन्दी छन् । एक सय १५ क्षमताको कारागारमा १४४ कैदी र ११४ थुनुवा छन् ।

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.