www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

वासिङ्टन, अमेरिका

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड- १९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । सघन उपचार एकाई ‘आईसीयू’ मा ७८ प्रतिशत बेडहरू भरिभराउ छन् । जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ ।

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड- १९का घटनाहरू ५ लाखभन्दा माथि छ । योसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग ३ गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

Batas

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्यांकअनुसार बिहीबारसम्म ७८ प्रतिशत आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२ प्रतिशत कोभिड- १९ का बिरामीहरू छन् । अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ ।

एएनआई,स्पुतनिक

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.