www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः आज २७ जना संक्रमित, १५ जना कोरोनामुक्त

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २३७ जनामा गरिएको नमुना परीक्षणमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

निर्देशनालयका अनुसार गण्डकीको ५ जिल्लामा संक्रमण पुष्टि भएको हो । आज कास्की २०, नवलपुर पूर्व १, बागलुङ ३, पर्वत २ र म्याग्दी १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ४३३ पुगेको छ । अहिले गण्डकीमा ११३ जना होम आइसोलसनमा छन् भने १२४ जना सक्रिय संक्रमित छन् । त्यस्तै गण्डकीमा हालसम्म मृत्यु हुनेको संख्या १४२६ पुगेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.