www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीद्धारा ‘लाउरे’सहित ४ जना सार्वजनिक, १३.०१ ग्राम ब्राउन सुगरसहित डिजिटल तराजु बरामद

पोखरा
ताण्डव न्यूज

लागुऔषध मुद्दामा बुधबार पक्राउ परेका चर्चित र्‍यापर ‘लाउरे’ आशिष राना मगरसहित ४ जनालाई थप अनुसन्धानका लागि कास्की प्रहरीले शुक्रबार ८ दिन म्याद थपेको छ ।

चर्चित र्‍यापर ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । र्‍यापर ‘लाउरे’ लाई बुधबार राति बेलुकी ७ बजे पोखरा जाल्पारोडस्थित महानगरपालिकाको पछाडी पट्टी अवैध लागू औषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा आशिष राना मगर ‘लाउरे’, नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापा छन् ।

Batas

उनीहरुबाट प्रहरीले १३.०१ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद रु ३८ हजार ३५०, मोबाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थानसमेत प्रहरीले बरामद गरेका छ ।

लाउरे रियालीटि शो हिमालय रोडिजका निर्णायक मध्यका हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.