www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र महोत्सवमा रुचाइयो ‘द नोटिफिकेसन’

पोखरा
ताण्डव न्यूज

चलचित्र महोत्सव ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पाँचौ संस्करणमा कुल ९४ वटा ठूला साना चलचित्र प्रदर्शन भए । महोत्सवको अन्तिम दिन अष्ट्रेलियाबाट निर्माण गरिएको ‘द नोटिफिकेसन’ पनि पोखरेली दर्शकमाझ देखाइयो ।

हरर फिल्म भएकोले पनि उक्त फिल्मलाई पोखेरली दर्शकले निकै रुचाए । पोखराको तुङ्गा रेस्टुरेन्ट, न्युरोडमा देखाइएको उक्त फिल्मले मातृभूमि र आफ्नो देश प्रतिको मायालाई झल्काइएको छ । एउटा चेली उच्च शिक्षाको लागि विदेश जानु, एकान्तपनले मृत्यु निम्त्याउनु । मृतक आत्माले आफ्नै देशमा संस्कार गरि पाउँ भनी कुनै व्यक्तिलाई सपनामा म्यासेज पठाउनु । यी सबै दृश्यलाई चलचित्र भित्र निकै गजव तरिकाले प्रस्तुत गरिएको छ ।

Batas

झन्डै २५ मिनेट लामो उक्त फिल्मले विदेश पढ्न जाने विद्यार्थीलाई सन्देश दिन खोजेको छ । मनोज अधिकारीको निर्देशन रहेकाे उक्त फिल्ममा सुरुची थापा, कुश शर्मा पौडेल, प्रिति घिमिरे र शौरभ केसीको अभिनय देख्न सकिन्छ । चलचित्रलाई ग्रिन हिल इन्टरटेमेन्ट माइला आमा प्रोडक्सनले निर्माण गरेको हो ।

पुस १२ गतेदेखि १६ गतेसम्म पोखरामा चलेको चलचित्र महोेत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं वृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको सहभगिता रहेका थिए ।

© 2021 – 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.