www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महोत्सवः डुंगा दौड प्रतियोगितामा स्विमिङपुल घाट प्रथम

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

रेवान पोखराले आयोजना गरेको २३ औं पोखरा सडक महोत्सव अन्तर्गत डुंगा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समूहले प्रथम स्थान हासिल गरेको छ ।

वसुन्धरा पार्कदेखि बाराही मन्दिर घुमेर पुनः बसुन्धरा पार्कसम्मको प्रतियोगिता भएको हो । विभिन्न ११ समूहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्टमा निश्चित दूरी पार गर्दै स्विमिङपुल एले प्रथम स्थान हासिल गरेको हो ।

Batas

२० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोश्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दै बाराही घाटको सी टोलीले तेश्रो स्थान हासिल ग¥यो । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हासिल गरेका समूहले क्रमश नगद २०, १० र ५ हजारसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद समिति सदस्य अनिल थापाले जानकारी दिए । विजयी टिमलाई रेवान पोखराका पूर्वाध्यक्ष बलराम पहारी, कार्यसमिति सदस्य विप्लव पौडेल, फेवा डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपालीलगायतले पुरस्कार वितरण गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.