www.tandavnews.com
Fact ~ In search of truth

छोम्रोङमा ल्होसार मेला सम्पन्न, जनउत्थानलाई भलिबल र माछापुच्छ्रेलाई बास्केटबलको उपाधि

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा सेञ्चुरी युवा क्लबको आयोजनामा सम्पन्न २० औ संकरणको ल्होसार सेन्चुरी मेलामा भलिबलतर्फको उपाधि जनउत्थान दिगो विकास संस्थाले जितेको छ ।

शुक्रबार भएको फाईनल खेलमा सेन्चुरी युवा क्लब घुर्जुङलाई २५-२०, २५-१५ र २५-२२ को सोझो सेटले पराजित गर्दै जनउत्थानले उपाधि रक्षा गरेको हो । उपाधिसँगै सो संस्थाले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार प्राप्त गर्याे । त्यसैगरी उपविजेता बनेको सेन्चुरी क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित १५ हजार प्राप्त गर्याे । भने तृतीय स्थान हासिल गरेको मिलन युवा क्लब याङ्जाकोटले ८ हजारको हकदार बनेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।

Batas

उनका अनुसार भलिबलतर्फ प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रुपमा सीसीवाईसीका शिव गुरुङ घोषित भए भने उत्कृष्ट स्पाईकरका रुपमा जनउत्थानका सुवास नेपाली पुरस्कृत भए । बास्केटबलमा माछापुच्छ्रे च्याम्पियन बास्केटबलतर्फ माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ च्याम्पियन बनेको छ । फाईनल खेलमा मिलन युवा क्लब याङ्जाकोटलाई ६२-५८ ले पराजित गर्दै माछापुच्छ्रे युवा क्लब च्याम्पियन बनेको हो । च्याम्पियन बन्दै माछापुच्छ्रेले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्याे । त्यसैगरी उपविजेता बनेको मिलन युवा क्लबले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजारबा पुरस्कृत भयो ।

सो प्रतियोगितामा तृतीय स्थान हासिल गरेको ग्याघोथरलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ८ हजार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार सो खेलबाट सर्वाधिक स्कोररबाट माछापुच्छ्रे क्लबका ईच्छे गुरुङ पुरस्कृत भए भने उत्कृष्ट खेलाडीका रुपमा याङ्जाकोटका सरोज गुरुङ घोषित भए । तमु ल्होसारको अवसरमा आयोजना गरेको सो मेलामा भलिबल तर्फ १४ टिम र बास्केटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई अन्नपूर्ण गाउँपालिका ११ का वडा अध्यक्ष हिमबहादुर गुरुङ, सीएमसीका अध्यक्ष गुञ्जमान गुरुङ, पर्यटन व्यवस्थापन समिति छोम्रोङका उपाध्यक्ष जगन्नाथ गुरुङ, क्लब अध्यक्ष मिकास गुरुङ तथा मेला संयोजक राम गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

– प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.