www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा शव बोकेको बस पल्टिँदा ७ मलामीको मृत्यु

पोखरा, ताण्डव न्यूज

बुटवलदेखि शव बोकेर रिडीघाटतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार आज आइतबार करिब बिहान साढे १० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार घाइतेहरूलाइ थप उपचारका लागि युनाइटेड मिसन अस्पताल जिल्ला तानसेन पठाइएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरीका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए ।

Batas

अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.