www.tandavnews.com
Fact ~ In search of truth

सप्तरीमा २ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा २ को मृत्यु

कञ्चनपुर

मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर, फत्तेपुर भित्री सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका ४ तुलसी टोलमा आइतबार २ वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका ७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका ९ भिमाटोलका २८ वर्षीय हरिशंकर चौधरी रहेका छन् । दुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Batas

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २२ प १५५८ नम्बरको मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को २२ प १५५८ नम्बर मोटरसाइकल एक आपसमा ठोक्किएको थियो । सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।

त्यस्तै को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका ९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.