www.tandavnews.com
Fact ~ In search of truth

आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो ।

Batas

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.