www.tandavnews.com
Fact ~ In search of truth

माओवादी महाधिवेशनः श्रीमान्-श्रीमती नै केन्द्रीय सदस्य

काठमाडौं

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा एकै घरका श्रीमान्-श्रीमती नेताहरूको पनि उपस्थिति छ ।

खुल्लाबाट केन्द्रीय सदस्य बनेका हितमान शाक्यको श्रीमान्-श्रीमती नै केन्द्रीय कमिटीमा छन् । शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्य बनेकी छन् । साथै गणेशमान पुनको श्रीमान्-श्रीमती नै केन्द्रीय कमिटीमा समेटिए । खुल्लाबाट गणेशमान केन्द्रीय सदस्य बन्दा उनको श्रीमती कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन् ।

Batas

पूर्वमन्त्री वर्षमान पुनको श्रीमान्-श्रीमती नै केन्द्रीय कमिटीमा परेका छन् । वर्षमान खुल्लातर्फबाट केन्द्रीय सदस्य बन्दा उनको श्रीमती ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनिन् । कुलप्रसाद केसी र ताराकुमारी घर्ती पनि केन्द्रीय सदस्य भए । केसी खुल्लाबाट केन्द्रीय सदस्य बने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्य भइन् ।

साथै कृष्णध्वज खड्का र रेखा शर्मा पनि एकै घरबाट केन्द्रीय समिति सदस्य बने। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय सदस्य भएका हुन् । पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडी केन्द्रीय सदस्य भएका छन् । बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनको श्रीमती सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय सदस्य भइन् ।

त्यस्तै देवेन्द्र पौडेल र बलावती शर्मा पनि एकै घरबाट केन्द्रीय सदस्य भए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा बलावती खसआर्य महिलाबाट केन्द्रीय सदस्य भइन् । देव गुरुङको श्रीमान् श्रीमती नै केन्द्रीय सदस्य बने । उनकी श्रीमती यशोदा गुरुङ सुवेदी पनि खुल्लाबाट समेटिएकी छन् ।

साथै दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय सदस्य भए । नेता लीलामणि पोखरेल र भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ दुवै जना केन्द्रीय सदस्य भए । पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बने । साथै देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय सदस्य भए । पराजुली खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय सदस्य भएका हुन् ।

माओवादीको आइतबार सकिएको महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.