www.tandavnews.com
Fact ~ In search of truth

मनाङ हिमपहिरोमा बेपत्ता किसानको शव ४ दिनपछि भेटियो

मनाङ

हिमपहिरोमा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरूङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

४ दिनदेखि हिमपहिरोमा परेर हराइरहेका गुरूङको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ ।

Batas

हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जंगलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो ।

गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरूङ बेपत्ता थिए । हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन् । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरूङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो ।

गुरूङको शव परीक्षणका लागि लमजुङको बेंसीसहरस्थित जिल्ला अस्पताल लगिएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.