www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री डोबाटेद्धारा प्रदेश प्रहरी कार्यालय निरीक्षण

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणका क्रममा आन्तरिक मामिला मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारीसमेत लिए । सो क्रममा उनले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका २ वटा पाटा भएको चर्चा गर्दै प्रदेश सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जीवन रक्षाका लागि सबै निकाय गम्भीर हुनुपर्ने बताए ।

Batas

आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उनले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै मन्त्री डोबाटेले प्रहरीको साथसाथै नागरिकको भूमिकलाईसमेत सहजता एवं सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गरे ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आन्तरिक मामिलामन्त्रीबाट भएको अत्यन्त सान्दर्भिक, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । प्रदेश प्रहरीले प्राप्त गरेको आन्तरिक मामिला मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा गण्डकी प्रदेश प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास उनले व्यक्त गरे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.