www.tandavnews.com
Fact ~ In search of truth

संघीयता चिनाउने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटनका क्रममा आइतबार मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएका हुन् । उनले भने, ‘संघीयता के हो भनेर चिनाउने पहिलो र महत्वपूर्ण अंग प्रदेश सरकार हो, यसको अनुभूति हुने गरी राष्ट्र सेवक निजामती कर्मचारीले सेवा गर्न जरुरी छ ।’

हामीसँग भएको साधन र स्रोतको अधिकतम प्रयोग गर्दै संघीयतालाई मजबुत गर्ने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए । ‘हिजोकै प्रवृत्ति अनुसार कर्मचारीले काम गरे संघीयता आएको मतलब नै भएन, त्यसै अनुसार कार्यसम्पादन गर्नु पर्दछ । सरकारको स्थायी अंग, जो जनतासँग दैनिक रुपमा प्रत्यक्ष सम्बन्धित हुनुहुन्छ, जिम्मेवार रुपमा कार्यसम्पादन गरिदिनुहोला ।’

Batas

क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिमहरु हुने गरे पनि ती तालिमको उपलब्धि निकै कम हुने गरेको भन्दै मुख्यमन्त्री पोखरेलले अब यसमा सुधार हुन जरुरी रहेको भनाइ राखे ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले जसले जहाँ काम गरे पनि नागरिकलाई सम्मानजन तरिकाले सहजरुपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रवीलाल पन्थले तालिममा जुसुकैले पनि ज्ञान, सीप र व्यहारमा परिवर्तन गर्ने शैली सिक्ने भएकाले त्यसको अधिकतम उपयोग गर्न आग्रह गरे । उनले आफू सेवाग्राही भएर कार्यालयमा जाँदा जस्तो व्यवहारको अपेक्षा गरिन्छ, त्यसै अनुसार काम गर्न सके धेरै सुधार हुने भनाइ राखे । निजामती कर्मचारलाई तलब खाएर समाजसेवा गर्ने सुअवसर मिलेको उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायकस्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा शैद्धान्तिक व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए । कर्मचारीको ज्येष्ठताका आधारमा मापदण्ड बनाएर कर्मचारी छनोट गरिएको र पहिलो चरणमा ६० जनालाई तालिम दिएर दोस्रो चरणको तालिम सुरु गरेको बताए । तालिममा ११ जिल्लामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयका कर्मचारी सहभागी छन् ।

२२ महिना अघि स्थापित प्रतिष्ठानले ५ वर्षे रणनीति बनाएर त्यही अनुसार अगाडि बढेको उनले बताए । २ वर्ष भित्रमा सुविधासम्पन्न भवन निर्माण गरेर प्रशिक्षण र अनुसन्धानमा प्रतिष्ठानलाई अब्बल सावित गर्ने प्रतिबद्धता उनले जनाए । यो तालिम लिएपछि कर्मचारीको बढुवाका लागि २ नम्बर थपिन्छ । तालिमका सूचना प्रकाशन गर्दा १ सय ७८ जनाले आवेदन दिएको र तीमध्ये १ सय २० जना छानिएका हुन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.