www.tandavnews.com
Fact ~ In search of truth

६ दिनपछि गाउँ फर्किए हिउँमा फसेका बाबु-छोरा

फुङ्लिङ

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबु-छोरा आज गाउँ फर्किएका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् ।

अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए । चौरी गोठ सार्ने क्रममा हिउँ पहिराले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए। उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबु-छोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।

Batas

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उनीहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए । पापङको लोनाक भन्ने ठाउँमा चौरी गोठ सार्ने क्रममा बाबु-छोरा हिउँमा फसेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.