www.tandavnews.com
Fact ~ In search of truth

कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा २ को मृत्यु

चन्द्रौटा

कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु४त २४०२ नंको ट्रयाक्टर आज बिहान दुर्घटना भएको थियो ।

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयबासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

Batas

यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.