www.tandavnews.com
Fact ~ In search of truth

कोभिड नेपालः पछिल्लो २४ घन्टा ३५५ जना संक्रमित, ३ को मृत्यु

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

७ हजार ७९४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, १ हजार ५३५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

Batas

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । साथै आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, देशभर हालसम्म ५ हजार ९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.