www.tandavnews.com
Fact ~ In search of truth

जाडो छल्न विद्यालय बन्द गरिँदै

महोत्तरी ।

लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् ।

सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले मङ्गलबार सूचना जारी गरी आजदेखि विद्यालय बन्द रहने जनाएको छ । आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् । मौसममा सुधार आए पठनपाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउछन् । मटिहानीका उपप्रमुख शिबोदेवी साहले बालबालिकालाई चिसोबाट बचाउन केही दिन विद्यालय बन्द गरिएको र मौसममा सुधार आउनासाथ पठनपाठन सञ्चालन हुने बताइन् ।

Batas

बाक्लो हुस्सु लागेपछि जाडो निकै बढेको छ । बर्दिवास, भङ्थगाहा, औरही र गौशाला नगर क्षेत्रका अधिकांश ठाउँमा भने मङ्गलबार घाम लागेको थियो । मध्य र दक्षिणवर्ती भेगमा भने बाक्लो हुस्सु लागेको छ । सम्सी, एकडारा, महोत्तरी र पिपरा गाउँपालिका तथा मनराशिशवा, जलेश्वर, रामगोपालपुर, बलवा, लोहारपट्टी र जलेश्वर नगरपालिकाका विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.