www.tandavnews.com
Fact ~ In search of truth

‘प्राकृतिक न्याय’को हवाला दिँदै कास्की एमालेमा मनबहादुरको दाबी

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि आगामी २३ गते हुने १० औं जिल्ला अधिवेशनमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ्ले आकांक्षा प्रकट गरेका छन् ।

नेकपा एमाले कास्कीले आज अधिवेशनबारे जानकारी दिन पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गुरुङले उक्त धारणा राखेका हुन् । ‘तपाई अध्यक्षको दाबेदारी गर्नुहुन्छ कि हुन्न ? भन्ने प्रश्नमा गुरुङ्ले भने ‘प्राकृतिक न्यायको सिद्धान्तअनुरुप र पार्टीमा निभाएको भूमिकाअनुसार मलाई अन्याय हुनेछैन ।’ गुरुङ्ले यसपटकको अधिवेशनमा सर्वसम्मत पदाधिारी चयन हुने जानकारी गराउँदै कास्कीको नेतृत्वमा आफ्नो दाबी हुने संकेत गरे ।

Batas

एमाले कास्कीको अधिवेशन तालिकाअनुसार १८ गते पार्टी सदस्यहरुको भेलाले प्रतिनिधि छनौट गरेको छ । हालसम्म देखिएको आकांक्षा अनुसार नेतृत्वमा दामोदर वैरागी र जगन्नाथ बाँस्तोलाले समेत दाबी गर्नेछन् ।

जिल्ला कमिटीले अधिवेशन आयोजनार्थ १० उपसमितिसमेत गठन गरेको छ । पोखराको सभागृहमा हुने अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने जनाइएको छ ।

एमाले कास्कीमा मुलतः गण्डकीका पूर्व मुख्यमन्त्री एवं हाल पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पूर्वस्वास्थ्यमन्त्री एवं हाल पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारीको गुट रहेको छ । यद्यपि, एमाले कास्कीले अधिवेशनमा कुनैपनि गुट नरहने र लोकतान्त्रिक पद्धति अनुरुप नेतृत्व चयन हुने अपेक्षा गरेको छ ।

उक्त दिन एमालेको जिल्ला अधिवेशन देशभर एकसाथ हुनेछ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.