www.tandavnews.com
Fact ~ In search of truth

सिक्लेसमा झण्डै तीन करोड लागतमा ‘चिली क्वोंइबो धीं’ निर्माण, पौष २८ गते उद्घाटन गरिने

पाेखरा ।

कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसमा निर्माण सम्पन्न भएको चिली क्वोंइबो धींको उद्घाटन हुने भएको छ ।

चिली क्वोंइबो समितिका अनुसार पौष २८ गते बिधिवत उद्घाटन कार्यक्रमसँगै क्वोंइबो निर्माणका लागी जग्गा दान गर्ने जग्गादाता तथा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने संघसंस्थाहरुलाई धन्यवाद सहित सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Batas

यस्तै पौष २९ गते बाँकी रहेका सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम हुने समितिका सचिव गेहेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार साँस्कृतिक कार्यक्रमका लागि रुपा गुरुङ र याम बहादुर गुरुङले संयोजन गर्ने५न् ।

यस्तै पाहुनाहरुको व्यवस्थापनका लागि सिक्लेस युवा क्लवले स्वयम्सेवक परिचालन गर्ने क्लवका अध्यक्ष पदम गुरुङले बताए ।

यस अघि २०७७ वैशाख २२ गते र २०७८ वैशाख २५ गते गरी २ पटक उद्घाटनका लागी मिती तय गरिएकोमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण प्रशासनले जारी गरेको निशेधाज्ञाको पालना गर्दै कार्यक्रम स्थगित गरिएको अर्थ संकलन समितिका संयोजक पम बहादुर गुरुङले बताए । यस पटक भने केही सहज अवस्था रहेकाले कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारीबाट समितिको पुर्ववत् निर्णय वमोजिम उद्घाटन कार्यक्रम राखिएको गुरुङले जानकारी दिए ।

करिब १७ रोपनी क्षेत्रमा बनेको चिली क्वोंइबो भित्र क्वोंइबो धीँ कार्यालय, कार्यालय सहयोगी आवास कक्ष, पितृहरुको स्मृतिमा रु ५ लाख भन्दा बढी सहयोग गर्ने सहयोगी दाताका पितृका मुर्तीहरु, रु १ लाख भन्दा बढी आर्थिक सहयोग गर्नेहरुको फोटो तथा अन्य सहयोगीहरुको नामावली मार्बलमा लेखिएको छ ।

यस्तै घुमाउने घर, पितृका नाममा बत्ती बाल्ने कक्ष, तमु प्ये ताँ, ल्हु ताँ बारे अध्ययन गर्न इच्छुक प्रशिक्षार्थीहरुका लागी प्रशिक्षण कक्षहरु, हरेक कार्यक्रम गर्न मिल्ने किसिमले हल तथा कोठाहरु, पुस्ताकलय, गुरुङ संग्राहलय, विशिष्ठ अतिथी कक्ष, तथा अन्य अतिथिहरुका लागी कक्षहरु, भान्छाघर, ढिकी, ढुङ्गे धारा, हेली प्याड लगायतका निर्माण गरिएका छन् ।

क्वोंइबो परिसर भित्र गुरुङ परम्परा अनुसार गरिने जन्म, विवाह, मृत संस्कार, पय कार्य लगायत सबै किसिमका कार्यक्रम गर्न सकिने योजनाका साथ संरचनाहरु निर्माण गरिएको निर्माण समिती संयोजक डब्लुटुओ बल बहादुर गुरुङले बताए ।

चिली क्वोंइबो नेपालकै नमुना बनेको दाबी गर्दै यहाँ गुरुङले मात्र नभई गैर गुरुङले पनि कुनै पनि किसिमका कार्यक्रम गर्न सक्ने डब्लुटुओ गुरुङले जानकारी दिए ।

उनका अनुसार संरचना निर्माणमा २ करोड १५ लाख र ५० लाख भित्री अन्य सजावटहरुमा गरी हाल सम्म करिब २ करोड ८५ लाख खर्च भएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.