www.tandavnews.com
Fact ~ In search of truth

मित्र मिलन सहकारीः सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सव अवसरमा आँखा शिविर सम्पन्न

पोखरा ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आज कसेरी स्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर सम्पन्न भएको हो ।

Batas

शिविरमा ६ सय जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १५० जनालाई चस्मा उपलब्ध गराइएको छ भने ६ जनालाई थप उपचारकालागि अस्पताल रिफर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शसिकमला लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल पौडेलले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत अधिकारीले कार्यक्रममा उपस्थितहरुलाई स्वागत गरेका थिए । नयाँबजार स्थित प्रधान कार्यालय रहेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध अवसरमा समाजलाई प्रत्यक्ष लाभावन्वित हुने कार्यक्रमहरु गर्दै आइरहेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.