www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि, अस्पतालहरुलाई ‘अलर्ट’ रहन मन्त्रालयको निर्देशन

पोखरा
ताण्डव न्यूज ।

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्तिमार्फत ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो । जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Batas

यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले गर्दा हुन सक्ने अत्याधिक बिरामिहरुको चापलाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, अक्सिजनको व्यवस्था गर्न र चिकित्सकहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.