www.tandavnews.com
Fact ~ In search of truth

थप ९६८ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।

देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पीसीआर र छ हजार ६९९ले एन्टीजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २६२ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ७०९ पुगेको छ । निको हुनेदर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Batas

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा हालसम्म आठ लाख ३१ हजार ५२ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ८४१ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख १० हजार १४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५१ हजार ९३ पुगेको छ । कुलमा सङक्रमण दर १६ दशमलव नौ प्रतिशत छ ।

कोभिडबिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ३७१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १५ र आइसियूमा ८१ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार २८६, संस्थागत आइसोलेशनमा ४५५ र क्वारेन्टिनमा ११३ रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४५४, ललितपुर ६६४ र भक्तपुरमा ५६२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.