www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा २६३ नयाँ मतदाता थपिए

मनाङ

हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् ।

कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मंसिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो ।

Batas

निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको संख्या बढी छ ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २०० मतदाता थपिएका छन् । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, उनले भने । संकलन गरिएको विवरण यही पुस १० देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.