www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणका बेला प्राधिकरणको कमाइ कति ?

काठमाडौँ

कोरोना- १९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर पर्यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब २०७७/७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक रु २ अर्ब ७ करोड ३२ लाख प्रक्षेपण गरिएकामा रु ५७ करोड ४५ लाख अर्थात् २७.७१ प्रतिशतले बढ्न गई रु २ अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ ।

त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ रु ६० करोड २८ लाख प्रक्षेपण गरिएकामा यथार्थमा रु २९ करोड ३२ लाख अर्थात् ४८.६४ प्रतिशतले घट्न गई रु ३० करोड ९६ लाख आम्दानी भएको छ । आव २०७५/७६ मा रु ९ अर्ब १ करोड १८ लाख रहेको प्राधिकरणको कूल आम्दानी कोरोनाको असरले गर्दा आव २०७६/७७ मा करिब २९ प्रतिशतले घट्न गई रु छ अर्ब ३७ करोड ४९ लाख पुगेको छ । आव २०७७/७८ को कूल आम्दानी आव २०७५/७६ को तुलनामा करिब ६७ प्रतिशतले न्यून अर्थात् रु २ अर्ब ९५ करोड ७३ लाख पुगेको छ ।

Batas

आव २०७७/७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ रु ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा रु ३ अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च रु छ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा रु ४१ अर्ब ११ करोड ३ लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च रु ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च रु २ अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च रु २ अर्ब ७० करोड १८ लाख गरी जम्मा रु १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको छ ।

चालू आव का लागि पुँजीगत खर्चतर्फ रु ३२ अर्ब ३ करोड ५५ लाख र कार्य सञ्चालनतर्फ रु ४ अर्ब १० करोड ८४ लाख गरी जम्मा रु ३६ अर्ब १४ करोड ३९ लाख विनियोजन गरिएको छ । यस अतिरिक्त नेपाल सरकारलाई मूअकर भुक्तानी रु २ अर्ब ९२ करोड २३ लाख, लाभांश भुक्तानी रु ५२ करोड ३५ लाख, साँवा व्याज भुक्तानी रु ६६ करोड ४६ लाख, प्रशासकीय पुनरावलोकन तथा पुनरावेदनको लागि रु ४० करोड, कर्मचारी अवकास कोष तथा अन्य भुक्तानीका लागि रु ११ करोड ५६ लाख, कर्मचारी लाभान्स र स्थीर सम्पत्ति प्रतिस्थापनका लागि रु २ अर्ब २२ करोड विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को स्रोततर्फ नियमित आम्दानी रु ५ अर्ब ५९ करोड २९ लाख, विमानस्थल विकास शुल्क रु ७९ करोड एवं ऋण, शेयर तथा अनुदानबाट रु २१ अर्ब ३४ करोड ३५ लाख गरी जम्मा रु २७ अर्ब ७२ करोड ६४ लाख हुने अनुमान गरिएको छ । विसं २०७८/७९ मा प्राधिकरणको कूल बजेट रु ४३ ४३ अर्ब ६७ करोड ७७ लाख रहेको छ । प्राधिकरणको आव २०७६÷७७ सम्मको कूल सञ्चित नाफा रु १६ अर्ब १ करोड २० लाख रहेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.