www.tandavnews.com
Fact ~ In search of truth

उपन्यास ‘फिलिङ्गो’ माथि अन्तरक्रिया

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

आख्यानकार प्रभा बराल लिखित उपन्यास ‘फिलिङ्गो’ माथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवं विचार प्रस्तुत गरिएको छ । नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सुरुभक्तले बरालललाई वर्तमान समयकी सीर्जनशिल र नयाँ लेखकको रुपमा अथ्र्याएका थिए ।

आख्यान लेखनको एक शताब्दी बितिसक्दा पनि आख्यान विधामा नारी हस्ताक्षरको कमी भइरहेको तितो अनुभव सुनाए । नेपाली साहित्यको पनि चर्चित विधा र पाठकहरुले पनि धेरै पढ्ने विधा आख्यान भएकोले धेरै लेखकहरुको आकर्षणमा आख्यान परेको छ । लामो धैर्य र गहिरो चिन्तनले मात्रै सफल हुनसक्ने भन्दै हतार नगर्न सुझाव दिए । सरुभक्तले फिलिङ्गोलाई नारी सहनशिलता भित्रको मौन बिद्रोह भएको टिप्पणी गरे ।

Batas

अन्तरक्रियाका वक्ता बद्री वीनोद ‘प्रतीक’ ले फिलिङ्गोमा लेखकको कथा बुन्ने शैली सरल भएकोले पाठकहरुलाई बुझ्न सजिलो हुने बताए । अर्का वक्ता एवं समालोचक सञ्जीव पौड्यालले ‘फिलिङ्गो’माथि समिक्षात्मक टिप्पणी गरे । पौडेलले नेपाली लेखकहरुको दाजोमा उभिन सफल लेखकलाई भाषा गत थोरै टिप्पणीसँगै नेपाली उखान टुक्काको प्रयोगमा भने धेरै नै सुधार गर्नुपर्ने सुझाव दिए । उपन्यास भित्रका कतिपय ल्पटमा पाठकको गला अबरुद्ध हुँदासमेत पाठकले समवेदना पोख्न नपाउने गरी लेखकले कथालाइ मोडेर आफ्नै पोल्टामा पारेको आरोप लगाएका थिए ।

उपस्थित पाठकको जिज्ञासालाई समेटेर उपन्यासकार प्रभा बरालले आफ्ना कुरा राखेकी थिइन् । बरालले, ‘महिलाले जहिले पनि सहनुपर्ने भन्ने जिज्ञासामा अहिलेको सभ्य समाजकी सभ्य महिलाले पूर्वाग्रह नराखी मौन बिद्रोह गरेकी एउटा सशक्त महिलाको कथा हो जहाँ ऊ सफल पनि भएकी छे । नबोलेरनै केही गर्न सकिन्छ भने किन बोल्ने । किन कसैलाई गालीगलौज गर्ने भनेर नै आफुले मौन बिद्रोह रोजेको प्रष्ट पारिन् । पुरुष बिना पनि एक्लै केही गर्न सक्छौ भन्ने समाजमा सन्देश दिन खोजेको फिलिङ्गो प्रतिकात्मक कथा हो । पोखराका विभिन्न सर्जक, साहित्य प्रेमीलाई व्यस्तताको समयमा पनि उपस्थित भएकोमा उपन्यासकारले धन्यवाद व्यक्त गरिन् ।

अक्षर क्रियसन्सद्वारा २०७७ साल फागुनमा प्रकाशित फिलिङेगो उपन्यासले पाठकबाट प्रशस्त माया पाएको छ । मदन पुरस्कारबाट मनोनितभई उत्कृष्ट ९ सूचीमा पनि पर्न सफल भएको फिलिङ्गोले चितवन साहित्य परिषद्बाट २०७७ को चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारसमेत प्राप्त गरी रु ५० हजार राशी प्राप्त गरेको थियो । कार्यक्रममा परिवारका सह–सचिव शिव त्रिपाठीले स्वागत गरेका थिए । अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन साहित्य संयोजक रिता अधिकारीले गरेकी थिइन् ।

– प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.