www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ: दुर्घटनामा जीप चालकको मृत्यु

दमौली

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Batas

मोटरसाइकलन दुर्घटनामा मृत्यु

देउखुरी, तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नंको मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जनाइएको छ । दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । जीप चालक र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.