www.tandavnews.com
Fact ~ In search of truth

ओमिक्रोन रोकथामका लागि गण्डकीमा पनि कडाई गरिने, महोत्सव नगर्न निर्देशन

पोखरा

नेपालमा पनि कोरोना भाईरसको नयाँ भेरियन्ट पुष्टी भएपछि कास्कीलगायत गण्डकी प्रदेशमा कडाई गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशले सीमानाकामा चेकजाँचलाई कडाई गर्न तयारी गरिएको छ ।

Batas

संघको स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि संक्रमण बढ्न सक्ने आंकलनसहित तयारी तीव्र पारिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङसहितको बैठकमा ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरुमा जाँचलाई तिव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति ब्यबस्थापन अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशिघ्र व्यवस्थापन गर्न र्निदेशन दिइन् । उनले यस्तो अवस्थामा आयोजना गर्ने सबै खाले मेला महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न पनि सचिवलाई निर्देशन दिइन् ।

मानिसको स्वास्थ्यभन्दा ठूलो अरुकुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउनसम्म पनि जानुपर्ने अवस्था आउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विनोद विन्दु शर्माले जानकारी दिए । यसअघि गरिएको हेलो डाक्टर, कोरोना अपडेटलगायतका कामहरु प्नि सुरु गरिने भएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुरलगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् । भारतसँग सीमा जोडिएका नाकाहरुमा सरकारले ११ हजार बेडको आईसोलेसन निर्माण गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.