www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट उम्मेदवार घोषणा

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

सत्ता साझेदार ५ दलीय गठबन्धनले राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट उम्मेदवार घोषणा गरेको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि गण्डकी प्रदेशबाट रिक्त ३ पदका लागि पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेद्वारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादीका भुवनबहादुर सुनार र सोही पार्टीका सुरेशकुमार आले मगरले उम्मेद्वार बनाइएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए । शर्माका अनुसार उम्मेद्वारलाई जिताउनका लागि गण्डकी प्रदेशभर निर्वाचन प्रचारप्रसार गर्न कार्यक्रम तय गरिएको छ । उनले गोरखा जिल्लाका मतदातालाई भेटघाट गरिसकेको बताउँदै पुस २८ गते नवलपुर पुग्ने बताए ।

Batas

सभापति शर्माका अनुसार प्रचारप्रसारका लागि पुस २९ गते कास्की, ३० गते तनहुँ, माघ २ गते लमजुङ, ३ गते पर्वत र बागलुङ, ४ गते म्याग्दी र ५ गते स्याङ्जा पुग्ने कार्यक्रम तय गरिएको छ भने मनाङ र मुस्ताङ जिल्लाका मतदातालाई समयअनुकूल भेटघाट गरिने छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीको ५ दलीय गठबन्धन रहँदै आएको छ ।

– प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.