www.tandavnews.com
Fact ~ In search of truth

अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछः महामन्त्री शर्मा

झापा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन् । कांग्रेस झापाले आइतबार बिर्तामोडमा गरेको कार्यक्रममा शर्माले अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसबाट नै प्रधानमन्त्री हुने बताएका थिए ।

शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए ।

Batas

‘एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढंगले बदल्न सक्दैन तसर्थ यो बेला संकल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नै पर्छ,’ उनले भने ।

उनले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलातर्फ लक्षित गर्दै अबको निर्वाचनमा जिताउनुपर्ने बताए । ‘एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला हुनुहुन्छ। अबको निर्वाचनमा उहाँ ‘सिटौला’ लाई उच्च मनोबलका साथ जिताउनै पर्छ,’ उनले भने ।

कांग्रेसलाई जित्ने मात्रै सोच नभई देश चलाउनुपर्ने दायित्व रहेको दाबी गरेका शर्माले अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बताएका थिए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.