www.tandavnews.com
Fact ~ In search of truth

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १ नाबालकको मृत्यु, ९ घाइते

तुलसीपुर

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक ९ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका– ५ स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालकको मृत्यु भएको हो ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सख्त घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य ९ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । घाइते हुनेहरूमा वीरगञ्ज उपमहानगरपालिका– १६ निवासी ३५ वर्षीय रतन शाही, रौतहट पूर्वाह गाउँपालिका ६ निवासी ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहार निवासी ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत छिन्चु नगरपालिका–९ निवासी १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।

Batas

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका– १ निवासीे ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका– १८ निवासी ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका ७ निवासी ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ निवासी ५२ वर्षीय गोरख रावत सामान्य घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा उपचारपछि घर गइसकेको प्रहरीले बताएको छ । बसमा २० यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.