www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्डकपमा १० टिम भिड्ने, उपाधि राशी १० लाख १ हजार

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज

सहारा क्लब पोखराले आयोजना गर्ने २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित अयोजना हुने प्रतियोगितामा पाहुना टोली बिवाईएससी र नेपाली ‘ए’ डिभिजन क्लबहरुले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

Batas
तस्बिरः सुदर्शन रञ्जित

क्लबका सुरज गुरुङ अनुसार गत वर्षको विजेता टोली संकटा क्लब, पाहुना टोली बिवाईएससी माईनसोटा अमेरिका, मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब गरी कुल १० टिमले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्धारण गरेको समयतालिका अनुसार उक्त प्रतियोगिता माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालन गरिने गुरुङले बताए ।

उनले प्रतियोगिताको विजेता टिमलाई नगद रु १० लाख १ हजार प्राप्त गर्ने र उपविजेता टोलीलाई ५ लाख १ हजार प्रदान गर्ने बताए । ‘महङ्गीको समयमा टिएडिए बड्न सक्छ नत्र २० औंसम्म त्यही पुरस्कार राशी नै हुने सम्झौता छ, उनले भने, ‘पुरस्कार घट्ने कुरा त हुदैन साथीहरुले बढाउने भन्नु भो भने अन्तिम पत्रकार सम्मेलनमा जानकारी दिन्छौ । अहिलेलाई यथावत राख्ने कुरा छ ।’

अध्यक्ष गुरुङका अनुसार हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सिताजको तर्फबाट अप्रिला स्कुटर प्राप्त गर्नेछ । क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.