www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा कोरोना संक्रमण बढ्दो

चितवन
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना संक्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका ४ वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४० पुगेको हो । यस्तै एन्टिजेन परीक्षणका क्रममा एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार संक्रमण देखिनेमा भरतपुर महानगरपालिकाका– २९, रत्ननगर नगरपालिकामा ५, माडी र राप्ती नगरपालिकामा ३/३ र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ११९ जना रहेको छ । जसमध्ये ७ जना होम आइसोलेशनमा र ११२ जना होम आइसोलेशनमा रहेका छन् ।

Batas

यस अघिका दिनमा संक्रमितको संख्या कम थियो । पुस २४ गते एक जनामा संक्रमण देखिएको थियो । २३ गते ११, २२ गते ९, १८ गते १२, १२ गते ६, पुस १ गते ५ जनामा संक्रमण देखिएको थियो । एकाएक यो संख्या बढेको हो ।

चालू आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने जिल्लामा साउन ७ गते २५५ जनामा कोरोना संक्रण देखिएको थियो । साउनको महिना दैनिक २०० हाराहारीमा कोरोना संक्रमण देखिएकोमा भदौमा यो संख्या घटेर एक सयको हाराहारीमा आएको थियो ।

यस्तै असोज÷कात्तिकमा ५० को हाराहारीमा रहेको कोरोना संक्रमण मंसिरमा २० देखि ३० जनामा देखिन थालेको थियो । यसरी घट्दै गएको संक्रमणको अनुपात अहिले आएर फेरि बढ्न थालेको ढकालले बताए । उनले भने, “एक सातापछि कोरोना संक्रमण दर उच्च बन्ने खतरा छ ।’ सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न कार्यालयले आग्रह गरेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.