www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महोत्सव अर्को सूचना नआइन्जेलसम्म स्थगित

प्रेस विज्ञप्ती

युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुस २८ देखि माघ ९ गतेसम्म आयोजना हुने भनिएको एघारौ संस्करणको पोखरा महोत्सव अर्को सूचना नआइन्जेलसम्म स्थगित गरिएको प्रेस विज्ञप्तीमा जनाएको छ ।

Batas

विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने हाम्रो क्लबको उद्देश्य रहेकोले जनस्वास्थ्यप्रति उत्तरदायित्व वहन गर्नु हाम्रो कर्तव्य पनि हुन आउँछ । तसर्थ नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्ण रुपमा पालना गर्दै महोत्सव अर्को सूचना नआइन्जेलसम्मका लागि स्थगित गरिएको यहांहरुलाई जानकारी गराउँदछौ ।’

क्लबले स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने भएकाले जनस्वास्थ्य प्रति उत्तरदायित्व वहन गर्नु भन्दै स्थिगित गरेको हो । महोत्सवमा बुक गरिसकिएका स्टल व्यावसायीहरुलाई अर्को सूचना जारी भएपछि पुन सोही स्टल उपलब्ध गराउने समेत जानकारी गरेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.