www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा ७० जना संक्रमित, कास्कीमा ५४ जनामा संक्रमण पुष्टि

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४१ जनामा गरिएको नमुना परीक्षणमा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

Batas

निर्देशनालयका अनुसार आज गण्डकीका ५ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीमा मात्रै ५४ जनामा संक्रमण भएको निर्देशनालयले जनाएको छ भने नवलपुर पूर्व ७, स्याङ्जा २, तनहुँ ३, लमजुङ ३ र पर्वत १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ६४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै अहिले २३६ जना होम आइसोलेसनमा छन् भने गण्डकी प्रदेशभर २५९ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकीमा हालसम्म मृत्यु हुनेको संख्या १,४२७ पुगेको छ ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.