www.tandavnews.com
Fact ~ In search of truth

हिमाअसले पोखरामा तीन दिने ‘शैक्षिक मेला’ आयोजना गर्ने

पोखरा
ताण्डव न्यूज ।

हिमाअस एजुकेसन कन्सल्टेन्सीले पोखरामा ‘शैक्षिक परामर्श मेला २०७८’ आयोजना गर्ने भएको छ ।

आगामी २९ देखि माघ १ गते (जनवरी १३, १४ र १५ तारिख) सम्म हिमाअस पोखराको शाखा कार्यालयमै शैक्षिक परामर्श मेला आयोजना गर्ने बिजनेस डेभलपिङ म्यानेजर अर्जुन पाण्डेले बताए । उनका अुनसार अस्ट्रेलियाका विभिन्न प्रतिष्ठित विश्वविद्यालय एवं कलेजहरुका प्रतिनिधिहरुको उपस्थितिमा सो मेलामा शैक्षिक परामर्श लिन सकिनेछ ।

Batas

उच्च शिक्षा हाँसिल गर्न अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरि विस्तृत जानकारी दिने उद्देश्य सहित मेला आयोजना गरिएको हिमाअसका पोखरा शाखा प्रमुख पुजा पालिखेले बताईन् । ‘हाम्रो यो फेयरमा अष्ट्रेलियाको केओआई कलेजका डिन ड हिन्चलिफ र बजार व्यवस्थापक सलमान हेटीमाली आउँदै हुनुहुन्छ, उनले भनिन्, ‘यति मात्र नभई अन्य विभिन्न प्रतिष्ठित कजेजहरुको पनि प्रतिनिधिहरु आउँने सेडुअल छ । यस मेलामा विद्यार्थीहरुले प्रत्यक्ष भेटेर जिज्ञासा मेटाउन सक्नेछन् ।’

शाखा प्रमुख पालिखेका अनुसार सो मेलामा वेन्ट वर्थ ईन्सिच्युट, सौदन एकेडेमी, रकफोर्ड कलेज लगायत विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई परामर्श दिनेछन् । ‘यो शैक्षिक मेलामा विद्यार्थीले एकै थलोमा धेरै कलेज तथा विश्वविद्यालयहरु छान्न पाउनेछन्, शाखा प्रमुख पालिखेले भनिन्, ‘साथै विद्यार्थी र अभिभावकले आफ्ना सबै कौतुहलता मेटाउन पाउँनेछन् ।’

सो मेलामा सक्षम विद्यार्थीहरुलाई कलेज भर्नासँगै छात्रवृत्ति अफर गर्न समेत मौका दिईने बताउदै हालसम्म १ सय ३० बढि विद्यार्थीलाई अष्ट्रेलिया पठाईसकेको पालिखेले बताईन् ।

उनका अनुसार पछिल्लो समयसम्म देशभरबाट दुई वर्ष अवधिमा ५ सय बढि विद्यार्थीहरुले अष्ट्रेलियामा उच्चशिक्षासँगै रोजगारको अवसर पाईसकेका छन् । ‘हाम्रो अष्ट्रेलियामै स्किल कनेक्ट नामक संस्था भएकाले त्यहाँ पुगिसकेपछि रोजगारको लागि सहज हुन्छ’, उनले भनिन्, ‘आफ्नै संस्था भएकाले पढाईसँगै विद्यार्थीले जागिर खोज्न भौतारिन पर्दैन ।’

हिमाअस पोखरा शाखामा पछिल्लो समय १ सय बढि विद्यार्थीले आई.ई.एल.टी.एस् कक्षा लिदै आएका छन् ।

हिमाअसको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ भने शाखा कार्यालय अष्ट्रेलियाकै मेलवर्न त्यसैगरि नेपालको काठमाडौ, पोखरा र ईटहरीमा छ ।

आगामी माघ १ गतेसम्म चल्ने सो मेलामा करिब २ सय बढि विद्यार्थीको सहभागिता रहने सो मेलामा कन्सल्टेन्सीका सीईओ राजमान थकाली समेत अष्ट्रेलियाबाट आउने आयोजकले जनाएको छ । हिमाअसले उच्च शिक्षाको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि हरेक वर्ष शैक्षिक परामर्श मेला आयोजना गर्दै आएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.