www.tandavnews.com
Fact ~ In search of truth

पूर्व राजाद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ

पूर्व राजा ज्ञानेन्द्र शाह सिंहदरबार पश्चिम मूलढोका पुगी त्यहाँस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीका अवसरमा पूर्व राजा शाहले सालिकमा माल्यार्पण गरेको हो । पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्व राजा शाह आउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । समर्थकहरु विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्षस्थ नेताले पनि नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । नायिका मनिषा कोइराला, सन्तमहन्तले सिंहदरबार पश्चिम मूल ढोका क्षेत्रमा उपस्थित भएर राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गरे ।

Batas

विश्व हिन्दू महासंघ, अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघ, योगी नरहरि आध्यात्मिक परिषद्लगायत संस्थाको ब्यानरमा संस्थागत रुपमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धाभाव प्रकट गर्न उपस्थित भएका थिए । विसं १७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा बनेका थिए । उनी राजा बन्दा नेपाल ५२ वटा ठूला साना राज्यमा विभक्त भएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट, मकवानपुर, काठमाडौँ उपत्यकाहुँदै पूर्वका चौदण्डी विजयपुरसम्म विजय प्राप्त गर्न सफल भएको थियो । पृथ्वीनारायणका पालामा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सिमाना विस्तार भएको थियो । उनको शेषपछि उत्तराधिकारीले नेपालको सिमाना पश्चिममा किल्ला काँगडासम्म फैलाएको थियो ।

 

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.