www.tandavnews.com
Fact ~ In search of truth

एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

पोखरा ।

नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल (बैरागी)ले ४०७ मत पाएका थिए।

अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए। जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि गुरुङ कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए। उनी गण्डकी प्रदेश सांसदसमेत हुन्।

Batas

यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारी निर्वाचित भएका छन् ।

सचिवमा बैनबहादुर क्षेत्रीले ४७५ मतसहित विजयी भए । उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) विजयी भएका छन् ।

एमाले कास्की अधिवेशनमा जिल्लाभरबाट ९१९ प्रतिनिधि छानिएका थिए। जसमा ८९५ जनाले मात्रै मतदान गरेका थिए।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.