www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय बैठक पोखरामा सुरु

पोखरा ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठक पोखरामा आजदेखि सुरु भएको छ । बैठकको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे ।

बैठकले संघको आगामी महाधिवेशन आयोजनामा जिम्मेवारी बाड्फाड गर्ने अध्यक्ष किरण पौडेलले जानकारी गराए । बैठकमा स्वागत गर्दै अध्यक्ष पौडेलले संघलाई चुस्त दुरुस्त बनाइराख्न महत्त्वपूर्ण निर्णय गरिने उनको भनाइ थियो ।

Batas

वरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटीले संघले युवाहरुका मुद्दा लिएर हिड्न सक्ने बनाउन नयाँ सोच र सिर्जनशिलताको आवश्यकता रहेको बताइन् ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेल, सङ्गठन विभाग प्रमुख खगराअज अधिकारी, पोलिटब्युरो सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेत सहभागी छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.